काठमाडौं-नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाएर मनाइएको छ ।
कोरोनाको कहरबीच आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीमा स्वदेश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाएका छन् । विदेशमा समेत नेपालीहरु भेला भएर मनाएका छन । कोरोनाको संक्रमणको त्रासबीच मास्क लगाएरै टीका थापेको तस्बिर सामाजिक संजालमा राखेकका छन् । टीका थाप्न मान्यजनको घरमा जान नसके पनि घरमा भेला भएर परिवारका मान्यजनबाट टीका थापेका छन् । हामीले स्वदेश तथा विदेशमा रहेका नेपालीले टीका लगाएरको तस्बिरहरु उनीहरुकै सामाजिक संजालबाट संकलन गरेका छौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस