Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राजदूत बेरीले ढाकाटोपीमा सजिएर लगाए दशैंको टीका

अर्थ संसार

सोमबार, १० कार्तिक २०७७, २० : ०७ मा प्रकाशित

अमेरिकी राजदूत बेरीले ढाकाटोपीमा सजिएर लगाए दशैंको टीका


काठमाडौं -नेपालीहरूको महान चाड बडादशैं विदेशी कुटनीतिज्ञहरू पनि धुमधाम साथ मनाएका छन् । 
अमेरिकी राजदुत रेण्डी बेरीले ढाका टोपीमा सिजएर टीका थापेको फोटो ट्वीट गरेका छन् । उनी दशैंको टीका लगाउँदा  प्रसन्न मुद्रामा देखिन्छन् । यस्तै उनले दशैंका बेला खसीको मासु पकाउँदै गरेको भिडियो अमेरिकी दूतावासले सार्वजनिक गरेको छ । दशैंको रमाइलोमा खसीको मासु खाने र त्यसलाई पहिलो पटक पकाएको अनुभव पनि राजदुतले साँटेका छन् । राजदुत बेरीले चाड मनाइरहेका सबैमा शुभकामना दिदै लेखेका छन्, ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। 

यस्तै चिनियाँ राजदुत होउ यान्कीले बडा दशैंमा पुरानो नेपाली गीत रेशम फिरिरि रेकर्ड गराएर भिडियो सार्वजनिक गरेकी छिन् । चिनियाँ लवजमा उनले गाएको नेपाली गीत रमाइलो लाग्छ । यान्की यसअघ िपनि नेपाली गीतमा नाचेकी थिइन । राजदुत यान्कीले गीत सार्बजनिक गर्दै लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस ।’ यस्तै उनले दशैंकाे शुभकामना दिँदै लेखेकी छन्, 'बडा दशैंको उपलक्षमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख,समृद्धि र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु!'

5f96dc9063a6a.jpg 5f96dc90c7529.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको