दिनिता लामिछाने
काठमाडौं–महिलालाई सशक्तिकरण गर्न उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । अमेरिका तथा नेपालमा काम गर्दै आएको ‘सशक्तीकरण कार्य’ संस्थाको आयोजनामा भएको कार्यशालामा युवा उद्यमी सुशिल पोखरेलले नाफा सहितको उद्यमशिलता विकास गर्ने बारे आफ्नो प्रस्तुति दिएका थिए ।
ब्यवसायीक घराना सुस्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पोखरेलले उनको सफलताको कथा सहभागीलाई बाँड्नुका साथै जीवनमा सफल हुने ब्यवसायीक मन्त्र सुनाएका थिए । ‘ब्यवसाय गरेरमात्र सफल भइँदैन,’ उनले भने, त्यसले समाजमा प्रभाव पार्नु पर्छ । जिवनलाई सहज र सरल बनाउनु पर्छ ।’
सामाजिक उद्यमशिलता प्रबर्धनमा केन्द्रीत उक्त कार्यशाला उद्घाटन गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता महावीर पुनले विकासका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताए । ‘मुलुक समृद्ध बनाउनका लागि सामाजिक काम मात्र होइन आर्थिक क्रान्ति पनि गर्नुपर्छ,’ उनले भने ।
संस्थाकी अध्यक्ष मेलानी सेन्ट जेम्सले मुलुकको विकासका लागि युवा अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कार्यक्रम एसिया फाउन्डेसन नेपाल शाखाका उपाध्यक्ष नन्दिता बुराहले नेपाली युवालाई सहयोग गरे उनीहरुले देश परिवर्तनका लागि महत्वपूर्ण कार्य गर्न सक्ने बताइन् । कार्यशालामा तथ्याङ्क व्यवस्थापन, महिला सशक्तीकरण, कृषिको मूल्य र सामाजिक समावेशिताका बारेमा जानकारी दिइएको थियो ।पाँच दिनसम्म चल्ने कार्यशालामा पाँच विकास क्षेत्रका महिलाको सहभागिता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस