Like us!
Follow us!
Connect us!
Watch us!

काबेली बैंकले दुई बराबर एक कित्ता हकप्रद सेयर दिने

बुधबार, ०६ बैशाख २०७४, १५ : ३० मा प्रकाशित

काबेली बैंकले दुई बराबर एक कित्ता हकप्रद सेयर दिने

अर्थ संसार 
काठमाडौँ–कावेली विकास बैकले पूँजी बढाउनका लागि हकप्रद सेयर निस्काशन गर्ने भएको छ । 

बैंकले दुई कित्ता सेयर बराबर १ का अनुपातकम हकप्रद सेयर निष्कासन गर्न लागेको हो । नवौ वार्षिक साधारणसभाबाट पारित भएपछि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

बैंकले यही वैबखा २७ गते नवौ साधारण सभा बोलाएको छ । पूँजी बढाउन बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई गाभ्ने वा खरिद गर्ने भन्ने प्रस्ताव साधारणसभाले पारित गर्ने बताएको छ ।

बैंकले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । रु एक करोड ४० लाख ३५ हजार बराबरको बोनस सेयर बाड्ने जनाएको छ । बैंकको चुक्तापूँजी रु ६ करोड ११ लाख रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको