Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको हकप्रद सेयर भर्नु भयो ? यहाँबाट भर्न सकिन्छ

विहीबार, ०७ बैशाख २०७४, १० : ३८ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको हकप्रद सेयर भर्नु भयो ? यहाँबाट भर्न सकिन्छ

अर्थ संसार 

काठमाडौँ, नेपाल बंगलादेश बैंकको बैंकले चुक्ता पूँजी रु ७ अर्ब २२ करोड ११ लाख पुर्याउन हकप्रद सेयर जारी गरेको छ । हकप्रद सेयर भर्ने क्रम जारी रहेको छ ।

 बैंकको हकप्रद सेयर जारी भर्य धमाधम भर्ने कार्य भइरहेको बैंकले जनाएको छ । करिब ८० प्रतिशत हकप्रद निष्काशन सुरु भएको छ । गत चैत १७ गते सेयरधनी पुस्तिका बन्द गरेको बैंकको हकप्रदमा चैत १६ गतेसम्म सेयर किनेका लगानीकर्ताले आवेदन गर्न सक्छन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको रु ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८०  बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

 बैंकको हकप्रद निष्काशन जेठ १० गते बन्द हुँदैछ । बैंकले अनलाइनमा राखेको हकप्रदको आवेदन फारम अनलाइनबाट  डाउनलोड गरी प्रिन्ट गरेर बुझाउन सकिन्छ । 

हकप्रदको आवेदन नेपाल बंगलादेश बैंकका सबै शाखा कार्यलयका साथै ग्लोबल आईएइमई क्यापिटल नाचघर, जमलमा लगेर बुझाउन सकिन्छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको छ ।
 

यो पनि पढ्नुहोस्

ठूला करदाता कार्यालय गैरजिम्मेवार : एक खर्ब ३२ अर्ब राजस्व उठाउन बाँकी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको