अर्थ संसार, काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १७ दशमलव ८३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हो ।
संस्थाकाे आज (कार्तिक १९ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १६ दशमलव ९३९९ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस