Like us!
Follow us!
Connect us!
Watch us!

देशभर २८१७ जना संक्रमित थपिए, आइसीयु र भेन्टिलेटरमा कति ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १६ : १५ मा प्रकाशित

देशभर २८१७ जना संक्रमित थपिए, आइसीयु र भेन्टिलेटरमा कति ?

अर्थ संसार, काठमाडौं - आइतबार देशभर थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्  । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा १ हजार १४९ जना रहेको छन् । यस्तै आइसीयुमा ३९८ जना र  भेन्टिलेटरमा ८२ जना उपचारत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको