Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार देशभर २ हजार ५७१ संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १६ : २८ मा प्रकाशित

सोमबार देशभर २ हजार ५७१ संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - सोमबार देशभर थप २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

११ हजार १७७ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ५७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७९८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्  । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १९४ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ९ सय ६७ जना रहेको छन् । यस्तै आइसीयुमा ४११ जना र  भेन्टिलेटरमा ८३ जना उपचारत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको