Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला प्रशासन कार्यलय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १६ : १९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यलय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

अर्थ संसार, काठमाडौं - प्रभु बैंक लिमिटेडले सुर्खेतको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं-७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट आज (कार्तिक २७ गते)देखि कारोबार सुरु भएको हो । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, २०१ वटा एटिएम,५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत  बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको