Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले ल्यायो 'क्यूआर कोड'बाटै नगद झिक्न मिल्ने सेवा

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १७ : २१ मा प्रकाशित

प्रभु बैंकले ल्यायो 'क्यूआर कोड'बाटै नगद झिक्न मिल्ने सेवा

अर्थ संसार, काठमाडौं - प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै 'क्यूआर कोड स्क्यान' गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो। 

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउन्टरहरुबाट सहज रुपमा उपलब्ध हुनेछ। यसबाट नगद झिक्नका लागि चेक तथा एटीएम कार्ड बोक्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने बैंकले जनाएको छ। 

बैंकले सञ्चालनमा ल्याएको यस नवीनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको