Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हिताग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुहोस्

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ३२ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हिताग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुहोस्

अर्थ संसार, काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर शेयरधनीहरुको हिताग्राही खातामा जम्मा गरेको छ । कम्पनीको असार २४ गते सम्पन्न १५औं वार्षिक सभाबाट पारित भएको ८.१२५ प्रतिशत शेयर  कम्पनीको शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । 

कम्पनीले एक सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको शेयर सम्बन्धित हितग्राही खातामा उक्त बोनस जम्मा गरिएको जानकारी गराएको छ । 
साथै हालसम्म पनि शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन समेत आग्रह गरेको छ ।  

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको