Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मनि ट्रान्सफर र केएम्ई रेमिटेन्सबीच सम्झौता, अब हङकङबाट  सहजै रेमिट्यान्स् पठाउन सकिने

अर्थसंसार

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०७७, ११ : ५१ मा प्रकाशित

इसेवा मनि ट्रान्सफर र केएम्ई रेमिटेन्सबीच सम्झौता, अब हङकङबाट  सहजै रेमिट्यान्स् पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएम्ई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि हङकङमा रहेका  नेपालीहरुले के एम् ई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एपमार्फत पनि प्राप्त सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएम्ई रेमिट्यान्स्ले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्ने छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक  अजेश कोइराला र केएमई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले हस्ताक्षर गरे । 
इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको