Like us!
Follow us!
Connect us!
Watch us!

अधिकांस पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान अर्को पटक चन्द्र ढकाल ( भिडियोसहित )

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १७ : १३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-नेपालउद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षकालागी बर्तमानअध्यक्षभवानी राणाले सहमतिकालागी सोमवार गरेको प्रयास असफल भएपछि महासंघका पुर्व अध्यक्षहरु सहमतिनभए पछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमाजानु पर्नेमाजोड दिएका छन् । 

बिवादित छवी भएकापुर्व अध्यक्ष चण्डी ढकालको भरोसामाचुनाव लडेका चन्द्ध ढकालले अधिकांस पुर्व अध्यक्ष र बर्तमानकार्यसमितीको साथपाउन सकेनन् । बर्तमानअध्यक्षभवानी राणा, भावीअध्यक्ष शेखर गोल्छा, निर्वतनमानअध्यक्षपशुपति मुरारका, पुर्व अध्यक्ष कुसकुमार जोशी, बिनोद बहादुर श्रेष्ठ, , प्रदिपकुमार श्रेष्ठ, महेशलालप्रधान, पधम ज्योतिमात्रहोइनअन्तिमसम्म सहमतिको प्रयास गरेकारविभक्तश्रेष्ठ, सुरज बैध, आन्तदराजमुल्मीले समेत भावीअध्यक्ष शेखर गोल्छाको समुहबाट बरिष्ठ उपाध्यक्षकाउम्मेदवार रहेकाकिशोर प्रधानको पक्षमामतजाहेर गरेका छन् । किशोर प्रधान र चन्द्र ढकाल दुवै जनामहासंघका लागिचाहिने ब्यक्ति हुनुुहुन्छ ।

कोभीड महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्वचयन गरेको भएनिकै राम्रो सन्देश जाने थियो तर त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक बिधिबाट चुनावमाजादायसपालीकिशोर प्रधानलाई निर्वाचित गराउननिर्वतमानअध्यक्षपशुपति मुरारकाले आग्रहगनुभयो ।अर्कोपटक हामीचन्द्र ढकाल जीलाई पनि बरिष्ठ उपाध्यक्षमामतजाहेर गर्न आग्रह गछौं मुरारकाले भने । त्यस्तै मत छ अर्का पुर्व अध्यक्षकुशकुमार जोशीको पनि यो लडाई खासमामहासंघलाई कमाइखाने पेशाबनाउनेका बिरुद्धमा हो । अघिल्लो पटक सेखर जीसंग चुनावहारे पछि महासंघबाट बिदाहुनु भएकाकिशोर जीलाई तपाई बिनामहासंघ चलायमानभएनप्रमोद श्रेष्ठको उपाध्यक्षपदमाआइदिनुस् अर्को पटक बरिष्ठ उपाध्यक्षतपाई नै हो भनेर पद बाड्ने मानिस अहिले आएर आफनो स्वार्थ अनुकुलमहासंघलाई राजनितिकरण गर्न मिल्छ ?जोशीले प्रश्न गरे ।

बर्तमानअध्यक्षभवानी राणा र भावीअध्यक्ष सेखर गोल्छाले किशोर प्रधान र चन्द्र ढकाल दुवै जनानिकै क्षमतावान र महासंघको गरिमाउच्च राख्ने ब्यक्तिहुदाँहुदै पनिमहासंघको सुढुणीकरण र सुद्रीकरणका लागियसपालीकिशोर दाई अर्को पटक चन्द्र ढकाल भन्नुपर्ने अवस्थाआएको बताए । यो चुनावकिशोर दाईले जित्ने बित्तिकै महासंघमा आगो बालेर दुधको साची बिरालो बन्ने अनिचुनावको नाममाभाई फुटे गवार लुटेकातालमा स्वार्थ अनुकुलमहासंघ चलाउनखोज्नेको पतनहुने बताए । हाम्रो लागी र महासंघको उज्जवलभविश्यकालागि यो आवश्यकभएको उनले बताए । पुर्व अध्यक्षहरु महेशलालप्रधान, प्रदिपकुमार श्रेष्ठ, बिनोद बहादुर श्रेष्ठ, रविभक्तश्रेष्ठलगायतका पुर्व अध्यक्षहरुले समेत निर्वाचन नै हुने अवस्थामामहासंघ बलियो बनाउन सेखर गोल्छाले कामगर्नकालागि छानेको टिम नै महासंघको टिम हुने बताए ।

बरिष्ठ उपाध्यक्षमाकिशोर प्रधानजीआएपनिचन्द्र ढकाल पनि चेम्वर आन्दोलनमै रहने गरी बातावरण निमार्णकालागिपहलगर्ने पुर्व अध्यक्षहरुको भनाई छ । किशोर प्रधानलाई प्रदेश नं १, २, बागमतीप्रदेश, लुम्विनीप्रदेश र सुदुर पश्चिमप्रदेशकाअधिंकास जिल्लानगरकाजिल्लाअध्यक्षको समर्थन छ भने कणार्लीमादुवैको राम्रो रहेको बताइन्छ । गण्डकी प्रदेशमाभने चन्द्र ढकालको पक्षमामाहोल देखिन्छ । अधिकासं जिल्लानगरकाअध्यक्षहरु मङ्सीर १३ गतेबाट स्वतहअध्यक्षबन्ने सेखर गोल्छाको पक्षमा देखिएपछि किशोर प्रधान बरिष्ठ उपाध्यक्षमाआउने पक्कापक्की जस्तै छ ।

 अन्यउपाध्यक्षपदहरुमध्ये एसोसियट्समा सौरभ ज्योति अघि छन् भने जिल्लानगर र बस्तुगतमा कडा प्रतिस्पर्धा रहेको महासंघ सदस्यहरु बताउन् ।बरिष्ठ उपाध्यक्षमाकिशोर प्रधानलाई जिताउनकालागिमहासंघका बर्तमानअध्यक्ष, भावीअध्यक्ष, निर्वतनमान र पुर्व अध्यक्षहरुले भिडियो सन्देशमार्फत आग्रहगरिरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको