Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको शेयर मूल्य समायाेजन

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १० : ४१ मा प्रकाशित

सिटिजन्स बैंकको शेयर मूल्य समायाेजन

अर्थ संसार, काठमाडौँ -  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंककाे ८ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता २३२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार हुँदैछ  । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ। 

महासंघकाे महासंग्रामः केन्द्रीय सदस्य उम्मेदवार बाेदनाथ दवाडीसँग कुराकानी। FNCCI Election। Bodhnath

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको