Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची आयोजनाको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द

अर्थ संसार

शुक्रबार, १९ असार २०८३, १२ : १७ मा प्रकाशित

मेलम्ची आयोजनाको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द

मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।

वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिने केयुकेएलले जनाएको छ । निरन्तर वर्षा भएमा काठमाडौंमा पानी आपूर्ति गर्न केही समय लाग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको