अर्थ संसार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आज (बिहीबार) सुरु भएको छ । उक्त सभामा दुई वटा प्यानल खडा गरेर उम्मेदवारहरु मैदानमा छन् ।
बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष हुने भएपछि बरिष्ठ उपाध्यक्षको निर्बाचनमा सबैको ध्यान छ । बरिष्ठ उपाध्यक्षका लागि आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन् ।
चन्द्र ढकाल समुहबाट केन्द्रीय सदस्य पदमा धादिंग उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष बोदनाथ दवाडीले प्रतिस्पर्धा गरिरहेका छन् । महासंघको चुनावमा आफ्नो समुहको जित सुनिस्चित रहेको उनको दावी छ । निर्वाचनपछि मोफसलको उद्योग बाणिज्य क्षेत्रका समस्या समाधान गर्न केन्द्रमा लविंग गर्ने उनको भनाइ छ ।
थप कुराकानी भिडियोमाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस