Like us!
Follow us!
Connect us!
Watch us!

गोल्डेन डाइमण्ड सुनचाँदी मेला आयोजना हुने

सोमबार, ११ बैशाख २०७४, ११ : ५२ मा प्रकाशित

गोल्डेन डाइमण्ड सुनचाँदी मेला आयोजना हुने

दिनिता लामिछाने
ललितपुर–नयाँ बर्ष  तथा मछिन्द्रनाथ जात्राको अवसरमा ‘गोल्डेन डाइमण्ड सुनचाँदी मेला’ आयोजना हुने भएको छ । गोल्डेन डायमण्ड एण्ड ज्वलरी कम्पनीको आयोजनामा हुन लागेको मेलामा सुनचाँदी तथा हिराका गरगहनाका पारखिहरुको जमघट हुने छ । 

पर्वका अवसरमा नयाँनयाँ डिजाइनका गरगहनाहरु एउटै थलोवाट सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको वताइएको छ । मेलामा आधुनिक तथा पुरातन दुवै शैलिका गरगहनाको मिश्रित एवं तविनतम डिजाइनयुक्त गरगहना समावेश गरिने आयोजकले वताएका छन् । 

गोल्डेन डायमण्ड एण्ड ज्वलरी कम्पनिका अध्यक्ष ज्ञानुराज शाक्यले उच्च गुणस्तरीय गरगहना सहज र सुपथ मुल्यमा एउटै थलोवाट उपलब्ध गराउने उद्धेश्यले मेलाको आयोजना गर्न लागिएको वताए । खासगरी उपभोक्ताकालागि लक्ष्क्षितगरी आयोजनागर्न लागिएको मेला ललितपुरको मंगलवजारको हखाटोलमा बैशाख २२, २३ र २४ गते सञ्चालन हुने छ । 

मेलाको अवसरमा सुन तथा हिराका गरगहना खरिदगर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष शाब्क्यका अनुसार महोत्सवमा हिराका गरगहनामा ५ देखि २५ प्रतिशत सम्म नगद छुटका साथै सुनका गरगहनामा ज्इादा छ्ट तथा प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ ।

डायमण्ड एण्ड ज्वलरी कम्पनिले विक्रीगर्ने सुन तथा डायमण्डका सामाग्रिहरु उच्च गुणस्तरीय हुने अध्यक्ष शाक्यले वताए । सो कम्पनिवाट विक्री हुने सवै गरगहनाको ग्यारेण्टी समेत उपलब्ध गराइने, सवै गरगहना हलमार्क अनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मुल्यमा फिर्ता समेत गर्न सक्ने छन् । ग्यारेण्टी कार्ड अनुसार गरगहना टुटफुट भएका विना शुल्क मर्मत गरिने नीतिपनि कम्पनिले लिएको छ ।

टाउकोदेखि खुट्टासम्म प्रयोगहुने सवै खालका सुन तथा हिराका उच्च गुणस्तरीय गरगहना एउटै थलोवाट पाउन सकीने कम्पनिका प्रवन्ध निर्देशक समिट शाक्यले वताए । उनका अनुसार युवापुस्तालाई प्रवद्र्धनगर्ने नीतिपनि कम्पनिले लिएको छ ।

यस्तै आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत विश्व भर गरगहनाको निर्यातगर्ने योजना समेत कम्पनिले वनाएको उनले वताए । अनलाइन मार्फत गरगहना अर्डरगरी विश्वको कुनैपनि स्थानमा सहजै पाउन सकीने उनले वताए । कम्पनिले गरगहना निर्यातको योजनापनि अगाडि सारेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको