Like us!
Follow us!
Connect us!
Watch us!
पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग कुराकानी

सेयरबजारको शत्रु लोभ,डर र त्रास हुन्, हल्लामा गरेको लगानी जोखिम हुन्छ

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, ०० : ०० मा प्रकाशित

पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष सेयर बजारमा प्रवेश गर्नेहरु लोभ र डर वा त्रासबाट मुक्त भएर लगानी गर्नु पर्ने बताउँछिन् । पूँजी बजारलाई देशको राजनितिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता, सराकरको पूँजीबजार प्रतिको दृष्ट्रिकोण, समय समयमा हुँने नीति नियमको परिवर्तन, समय समय फैलने बिभिन्न अफवाहरुले प्रभावित गर्न सक्ने बताउँदै लगानीकर्ता ती सबै कुराको विष्लेषण गरेर अगाडि बढ्नु पर्ने बताउँछिन् ।

बजार सँधै बढ्दैन, संधै घट्दैन, उनी भन्छिन्, अहिलेको बजार बढाइ लामो समय घटेपछिको हो । अब केही समय बढ्छ । बजारमा प्रभाव पार्ने तत्वहरुलाई चिनेर समय अनुसार चल्ने लगानीकर्ताले बजारबाट कमाउँछन् ।

उनीहरु सँधै टिकिरहन्छन् । लगानीकर्ताले सजगतापुर्वक आफू कत्तिको जोखिम बहन गर्न सक्छु भन्ने आँकलन गरेर कम्पनिले बिगतममा गरेको र भविष्यमा गर्नसक्ने प्रगतिको विवरण बुझेर लगानी गर्दा घाटा नहुने उनको भनाइ छ ।

कुराकानी भिडियोमाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको