अर्थ संसार, काठमाडौं -ग्लोबल आइएमई बैंक  लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बिच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम  र  आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बिच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस