Like us!
Follow us!
Connect us!
Watch us!

डमरु बल्लभ घिमिरेले जागिरबाट भन्दा सेयर बजारबाट धेरै पैसा कमाए (कथा प्रेरणाको)

कथा प्रेरणाको

शनिबार, २० मंसिर २०७७, १६ : १२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - कुनै पनि काम ठुलो र सानो हुँदैन । सानो कामको सुरुवातले भोलि ठुलो सफलता हात पर्न सकिन्छ। यसको उदाहरण हुन् सेयर लगानीकर्ता तथा सेयर विश्लेषक डमरु बल्लभ घिमिरे।

अल्लारे उमेरमा जन्मथलो छाडेर काठमाडौं छिरेका घिमिरेले काठमाडौं छिरेपछि सुरुमा अर्काको घरमा सेवकको रुपमा काम गर्न सुरु गरे । सेवकको रुपमा बसेका उनले पढ्ने समेत अवसर पाए। दरबार हाई स्कुलमा पढेर एसएलसी पास गरेका उनले १० कक्षा पढ्दापढ्दै नेपाल औद्योगिक निगममा जागिर खाएका थिए।

आइपिओमा लगानी गरेका ६८ कम्पनी डुबे, डमरू बल्लभ भने सधैं नाफामा (भिडियाे कुराकानी)

सानो पदबाट जागिर सुरु उनी बढुवा हुँदै सुब्बासम्म भएका थिए । त्यहाँ जागिर गर्दा अपिसका हाकिमहरुले सेयर किनबेच गरेको देखेका उनलाई पनि सेयरमा लगानी गर्ने रहर जागेको थियो। २०४२/४३ तिर नेपाल बैंक लिमिटेडको साधारण सेयर आइपिओ निस्कासन भएको थियो । र उनले पहिलोपटक आइपिओ किने। त्यसको एक वर्षपछी भएको साधरणसभामा समेत उपस्थित भएका उनले त्यहाँ बोल्ने वक्ताहरु जस्तै गरी मैले पनि बोल्नुपर्छ भन्ने कुरालाई मनमा लिए।

भनिन्छ नि धेरैजसो कुराहरु पढेर भन्दा पढेर जानिन्छ। उनले पनि परेर नै सेयरको बारेमा धेरै जानकारी लिएका थिए । अर्काको घरमा भान्से लागेरै संघर्ष गरेका घिमिरे आज सेयर विश्लेषकको रुपमा परिचित छन् । जागिरबाट भन्दा सेयरबाट बढी कमाएका उनी सेयर बजारमा लगानी गर्ने मान्छेहरुलाई संघर्ष गर्न अनुरोध गर्छन्।

घिमिरेले सेयर बजारमा तीन युग पार गरिसकेका उनी अहिले सेयर बजारमा धेरै सुविधा आएको बताउँछन्। सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ता लहैलहैमा लागेर लगानी नगर्न आग्रह गर्दछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको