Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिक्सको आउटरिचमा नेपालको सहभागिताको उपलब्धि के ?

सोमबार, ०१ कार्तिक २०७३, १३ : ५५ मा प्रकाशित

ब्रिक्सको आउटरिचमा नेपालको सहभागिताको उपलब्धि के ?

अर्थ संसार
काठमाडौं-भारतको गोवमा भएको ब्रिक्सको आउटरिच सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागितालाई लिएर अहिले स्वदेशको राजनीति गर्माएको छ । प्रधामन्त्रीको सहभागिताले दुई ठूला छिमेकी देशहरु भारत र चीनसँगको सम्बन्ध समधुर हुने अपेक्षा लिइएको छ ।

१८ सदस्यीय प्रतिनिधिमण्डलसहित सम्मेलनमा सहभागी हुन गोवा हानिएका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई छुटाछुट्टै र संयुक्त भेट गरी त्रिपक्षीय सम्बन्ध र आपसी हितको विषयमा कुराकानी गरेका थिए । प्रधानमन्त्री दाहालले ब्रिक्सको आउटरिच सम्मेलनलाई समेत सम्वोधन गरेका थिए । 

राष्ट्रपति प्रमण ममुखर्जी १७ गते नेपाल आउने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कार्तिक १७ गतेदेखि नेपाल भ्रमण गर्न भएका छन् । राष्ट्रपति मुखर्जीको भ्रमणको क्रममा नेपालका विभिन्न पार्टीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । 

चिनिया राष्ट्रपतिको भ्रमण अन्योल 

छिमेकी देश भारतीय राष्ट्रपति प्रमण मुखर्जीको नेपाल भ्रमणको मिति तय भए पनि अर्काे छिमेकी देश चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भने अन्यौलनमा छ । ब्रिक्स सम्मेलनको क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न आग्रह गरे पनि भ्रमण हुने टुंगो भने लागेको छैन । 

चिनियाँ पक्षद्वारा अपमानित महसुस 

 प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई एउटा कार्यक्रममा झण्डै पाँच मिनेट कुराएपछि चिनियाँ पक्षले आफूहरु अपमानित भएको महसुस गरेका छन् । चिनियाँ पक्षले बाहिर कुनै प्रतिक्रिया नदिए पनि आन्तरिक रुपमा यसलाई अपमानित गरेको ठानेको छन् ।

दाहाल नआएपछि चिनियाँ राष्ट्रपति सि एकछिन अलमलमा परेका थिए । प्रधानमन्त्री दाहाल समयमा नआएपछि सीको टोलीले फर्कने सुझाव दिइसकेको अवस्थामा प्रधानमन्त्री दाहाल आइपुगेपछि हात मिलाएर भित्र कुराकानी भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको