Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल–२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, शाहवको ६ विकेट

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, १५ : ३४ मा प्रकाशित

एनपीएल–२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, शाहवको ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो । 

७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । यसअघि सुदूरपश्चिम रोयल्सले पनि प्लेअफमा स्थान बनाइसकेको छ । थप दुई टोलीले प्लेअफमा स्थान बनाउनेछ । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।

काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जित पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, धनन्जय लक्षन ३० र जेशन रोयले १६ रनको योगदान दिए । बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुईदुई विकेट लिए ।

यस अघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । भीम सार्कीले ५५ रन बनाएर आउट भए । त्यस्तै मिलिन्द कुमार १३ रन बनाए । बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको