Like us!
Follow us!
Connect us!
Watch us!

हुलास स्टीलको साधारणसभा पुस ९ गते, के के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ११ : १६ मा प्रकाशित

हुलास स्टीलको साधारणसभा पुस ९ गते, के के छन् एजेण्डा ?

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ९ गतेका लागि ४४ औँ बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्याल गणबहाल काठमाडौंमा साँझ ७ बजे बस्ने छ । उक्त सभामा कम्पनीले घोषणा गरेको लाभांश पारित गर्ने छ । त्यस्तै कम्पनीले विशेष प्रस्तावका रुपमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने र पारित गर्ने एजेण्डा रहेका छन् । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितका ३२ असारको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने एजेण्डा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको