अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे । याे सँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।  
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले उक्त स्थानहरूमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको हाे ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस