Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १४ : ३९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

ग्लोबल आईएमई बैंकले बैतडी जिल्ला, पाटन नगरपालिका– ६ स्थित पाटन बजारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले गरेका हुन् । 

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या ३५१ पुगेको बैंकले जनाएको  छ । यो बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको वाणिज्य बैंक हो । 

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । 

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको