Like us!
Follow us!
Connect us!
Watch us!

जगेडा कोषमा २४.८५ अर्ब सञ्चित राखेको ग्लोबल आइएमई बैंकको कस्तो छ वित्तीय सूचकको अवस्था ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ०७ : ४८ मा प्रकाशित

जगेडा कोषमा २४.८५ अर्ब सञ्चित राखेको ग्लोबल आइएमई बैंकको कस्तो छ वित्तीय सूचकको अवस्था ?

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस्ता छन् सूचकहरुको अवस्था :

खुद नाफा 

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१३ प्रतिशतले घटेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी,खुद फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफा

असार मसान्त सम्म बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ। असार सम्म बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधि सम्म बैंकले १७ अर्ब १० करोड खुद ब्याज आम्दानी गरको थियो। तेस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २९ दशमलव ९० प्रतिशत बढेको छ भने  बैंकको सञ्चालन मुनाफा ८ दशमलव २५ प्रतिशतले घटेको छ।

 खराब कर्जा
३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ

इम्पेरमेन्ट चार्ज
३ अर्ब ७४ करोड

 चुक्ता पूँजी
३६ अर्ब १२ करोड रुपैयाँ 

जगेडा कोष
२४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित

प्रति सेयर आम्दानी
१६ रुपैयाँ ६५ पैसा (२ रुपैयाँ ६ पैसा घट्यो) 

प्रति सेयर नेटवर्थ
१६९ रुपैयाँ ८१ पैसा

मूल्य आम्दानी अनुपात
११.६६ गुणा

वितरणयोग्य मुनाफा
१ अर्ब १० करोड रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको