Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १७ : ०७ मा प्रकाशित

नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने

अर्थ संसार, काठमाडौं - लाेकप्रिय टेलिभिजन गायन रियालिटी साे नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने भएकाे छ । स्प्याराे एसएमएसले कि एडभर्टाइजिंगसँगकाे सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएकाे हाे । 

नेपाल स्टार नेपालको गायक छनाैट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीकाे प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् । 

आफूलाई मन परेकाे प्रतिस्पर्धीलाई भाेट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा  NS <Voting Code> टाईप गरि 33001 मा पठाउनु पर्ने छ । 

स्प्याराे एसएमएसले  एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको