अर्थ संसार, काठमाडौं–  सेयर बजारमा प्रभु लाइफ इन्स्योरेन्सको आइपिओले नयाँ रेकर्ड कायम गरेको छ ।  प्रभु लाइफको आइपिओको आवेदनले नयाँ रेकर्ड गरेको हो । यस कम्पनीको आइपिओ अहिले सम्मको धेरै १० लाख भन्दा बढीको आबेदकले आबेदन दिएर रेकर्ड भएको छ । 
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार ४ः३० बजेसम्ममा १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ ।
यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५।१२ गुणा बढी हो । यो प्राम्भिक तथ्यांक भएकोले अझै आबेदन गर्नेको संख्या बढ्न सक्ने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।
माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् । 
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस