Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, १४ : ४७ मा प्रकाशित

नेपालको पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा

अर्थ संसार, काठमाडौं - नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ। 

एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिन्छ । 

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (प्रभु पे, ई-सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिन्छ । 

ग्राहकले एक्सलट्रिप नै किन रोज्ने ?

'हामी ग्राहकलाई सिधै होटेल र एयरलाइन्ससँग जोड्छौं। त्यसैले ब्लकचेन टेक्नोलोजि प्रयोग गरेका छौं' खड्का भन्छन् 'यसले सबै मध्यस्तकर्तालाई हटाई ग्राहक र भेन्डरलाई जोड्न सघाउँछ।' 

'ग्राहकले जुन प्लेटफर्म मार्फत होटल बुक गर्नु गर्छन्, समस्या भयो भने त्यही प्लेटफर्ममा कमेन्ट गर्नुपर्छ' खड्का भन्छन्  'तर एक्सलट्रिप मार्फत होटल बुक गरेपछि समस्या भयो भने एक्सलट्रिपमा होइन, होटलमै सिधै कुरा गर्न सक्नेछन्।'

एक्सलट्रिपमा ग्राहकले आफ्नो बजेटअनुसारको होटल पनि बिडिङ गर्न सक्छन् । जस्तै, तपाईको दैनिक बजेट ५ हजार रुपैयाँ छ । तपाइले मेरो दैनिक बजेट ५ हजार छ मलाई रिङरोड क्षेत्रको ३ स्टारदेखि माथि जुनसुकै होटल भएपनि हुन्छ, भनेर लेखेपछि त्यो सन्देश वरपरका होटलहरुमा जानेछ र होटलहरुले एसेप्ट गर्नेछन् । त्यसपछि ग्राहक आफैले कुन होटलमा बस्ने छान्न सक्नेछन्।

होटलले एक्सलट्रिप नै किन रोज्ने ?

एक्सलट्रिप नयाँ डिस्ट्रक्टिभ स्टार्टअप हो । प्राइसलाइन, एक्सपेडिया जस्ता कम्पनीले संसारको ७० प्रतिशत टुरिज्म र ट्राभल व्यवसाय 'होल्ड' गर्छ । जो सँग एयरलाइन्स, होटलहरुको 'नेगोसियसन' पावर हुँदैन। उनीहरुले होटलको रुम बेचिदिएन भने होटलहरु टाट पल्टिन सक्छन्। संसारको ट्राभल क्षेत्र  नै उनीहरुले नियन्त्रणमा छ । त्यसैले यो समस्यालाई निरुत्साहित गर्न मिसन बोकेर हिडेको खड्का बताउँछन्। 

'अहिलेको समस्या भनेको होटलले रुम बेचिसकेर ग्राहक फर्किसक्दा पनि होटल सञ्चालकले पैसा पाउँदैनन्। अन्य ओटिए प्लेटफर्मले तीन सातासम्म होटलको पैसा होल्ड गर्छन्' खड्का भन्छन् 'हाम्रो अर्को रणनिति भनेको यात्रुले होटल चेकआउट गरेको दुई देखि पाँच दिनभित्र होटललाई पैसा दिनु हो।'

एक्सलट्रिप सञ्चालन गरेदेखि हालसम्म १० मिलियन डलर खर्च भइसकेको खड्का बताउँछन् । हालसम्म एक्सलट्रिपले नाफा कमाउने भन्दा पनि प्रयोगकर्ता बढाउने र ब्यापार प्रवर्द्धन गर्ने तर्फ जोड दिएको खड्का बताउँछन्।

त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले  'नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल' र 'प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल' अभियान नै सञ्चालन गर्दै आइरहेको छ। एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको