Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०७ : ५१ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार, काठमाडौं - कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ५२ हजार ७ सय ४२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

नियामक निकाय राष्ट्र बैंकले जारी गरेको  निर्देशन बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विध्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्टार, कुमारी क्यापिटल लिमिटेडमा आइपुग्ने गरी आवेदन दिन बैंकले एक सूचना प्रकाशन गर्दै अनुरोध गरेको छ ।
सो सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको