Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमइ बैंकले  नौ महिनामा कमायो एक अर्ब ४७ करोड

बुधबार, १३ बैशाख २०७४, १६ : ३४ मा प्रकाशित

ग्लोबल आइएमइ बैंकले  नौ महिनामा कमायो एक अर्ब ४७ करोड

अर्थ संसार 
काठमाडौँ– ग्लोबल आइएमइ बैंक पनि अर्ब क्लबमा प्रवेश गरेको छ । सो बैंकको चालु आर्थिक वर्षको ९ महिनामा गरेको नाफाका आधारमा बंैक अर्ब क्लबमा प्रवेश गरेको हो । 

गत चैतसम्म बैंकले रु १ अर्ब ४७ करोड ६० लाख नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु १ अर्ब ३ करोड २३ लाख नाफा गरेको थियो । एक वर्षमा बैंकले रु ४५ करोड बढी नाफा गरेको छ । 

चालु आवको चैतसम्म बैंकले रु ८५ अर्ब ८१ करोड निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु ६७ करोड ४० लाख रुपैयाँ निक्षेप परिचालन गरेको थियो ।

एक वर्षको अवधिमा बैंकको निक्षेप रु  १९ अर्ब बढेको छ । समीक्षा अवधिमा बैंकले रु ७३ अर्ब १३ करोड ५२ लाख लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले रु ५७ अर्ब ३४ करोड कर्जा लगानी गरेको थियो । एक वर्षको अवधिमा कर्जा लगानी रु १७ अर्ब बढेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको