Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको साधारण सभा कहाँ र कहिले ? यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ०८ : २५ मा प्रकाशित

लक्ष्मी बैंकको साधारण सभा कहाँ र कहिले ? यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार, काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २०औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, बैंककाे प्रधान कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११:३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

सभामा बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको