Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १२ : ३७ मा प्रकाशित

मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले गिरावट आएको  हो । 

आज छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ  कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २ रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार तेजावी सुन आज ९४ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा  कारोबार भएको थियो । 

यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला रु एक हजार ३ सय १५ मा कायम भएको महासंघले जनाएको  छ ।  

सोमबार एक हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको