Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार पनि सुनको मूल्यमा गिरावट, तोलाको कति ?

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, ११ : १४ मा प्रकाशित

बुधबार पनि सुनको मूल्यमा गिरावट, तोलाको कति ?

अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँले गिरावट आएको  हो । 

आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ  कायम भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार तेजावी सुन आज ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला रु एक हजार २ सय ६५ कायम भएको महासंघले जनाएको  छ ।  
मंगलबार एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको