Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको लोभ लाग्दो प्रगति, ९ महिनामा कमायो ४४ करोड कमायो

विहीबार, १४ बैशाख २०७४, १२ : ०८ मा प्रकाशित

प्रभु बैंकको लोभ लाग्दो प्रगति, ९ महिनामा कमायो ४४ करोड कमायो


अर्थ संसार 
काठमडौ. प्रभु बैंकले पछिल्लो समयमा लोभ लाग्दो प्रगति गरेको छ ।  बैंकले चैत मसान्तसम्म एक अर्ब ४४ करोड रुपैयाँ मुनाफा गरेको छ ।

बैंकले अघिल्लो बर्षको चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको थियो। बैंकले चैत मसान्तसम्म खुद ब्याज आम्दानी एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो बर्षको चैत मसान्तसम्म यस्तो आम्दानी एक अर्ब २२ करोड रुपैयाँ थियो। बैंकले ऋण लगानी ५९ अर्ब ५९ करोड रुपैयाँ गरेको छ। बैकमा सर्बसाधारणको निक्षेप ७१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ४.३२ प्रतिशत रहेको छ । बैकको पूँजी कोष अनुपात ११.०६ प्रतिशत रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको