Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपिओ राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १२ : २० मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपिओ राष्ट्र बैंकबाट स्वीकृत

नेपाल राष्ट्र बैंकले पनि नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारण सेयर (आइपिओ) स्वीकृत गरेको छ ।  

बैंकका अनुसार अब कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत भएपछी उक्त आइपिओ सर्वसाधरणका लागि निष्काशन  गरिनेछ  । 

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको थियो । अब बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता सेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्ने छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठुलो आईपिओ हो । 

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको