Like us!
Follow us!
Connect us!
Watch us!
कथा प्रेरणाको

सारा चेलीकी माइती अनुराधा कोइराला : 'अ रियल हिरो'

कथा प्रेरणाको

सोमबार, २० पुस २०७७, १५ : ४० मा प्रकाशित

 उनी बेसहाराहरुकी सहारा हुन्, अनि जसको कोहि छैनन्, उनीहरुकी आमा हुन् । सानैदेखि कसैलाई भेदभाव गर्नु हुँदैन, सबै मान्छे समान हुन्छन्, सबैलाई माया गर्नुपर्छ भन्ने संस्कार पाएकी अनुराधा कोइरालाले व्यावहारिक जीवनमा त्यसलाई अपनाइन् नै । उनले संस्था स्थापना गरेरै सबैलाई छहारी प्रदान गरिन् । 

उनले सुरुमा यौनहिंसाबाट पीडित ८ जना महिलालाई उद्धार गरेर सामाजिक काम थालेकी थिइन् ।  सुरुमा ती महिलाहरुलाई पसल खोलिदिएर, उनीहरुलाई आफ्नै डेरामा राखेर उद्धारको काम सुरु गरेकी कोइरालाले हजारौं बालबालिकाको उद्धार गरिसकेकी छिन्  ।

कोइरालाले २०४९ चैत २४ गते माइती नेपालको स्थापना गरेर यौनहिंसामा परेका महिला र बालिकाको उद्धार थालेकी थिइन्।  माइती नेपालमार्फत उनले अहिलेसम्ममा हजारौं महिलाको उद्धार गरिसकेकी छिन्। काठमाडौं र विभिन्न जिल्लामा ३० वटाभन्दा धेरै पुनःस्थापना केन्द्र सञ्चालनमा छन्। 

समाजसेवामा आफ्नो सिंगो जीवन समर्पण गरेकी कोइरालाको जोश ७१ वर्षसम्म आइपुग्दा पनि उतिकै छ  । सम्पन्न परिवारमा जन्मिएकी उनलाई यो कदम चाल्दा सुरुमा थोरै संघर्ष गर्नुपरे पनि अहिले पछाडि फर्केर हेर्नुपर्नुपरेको छैन । जीवनका हरेक उतारचढावलाई पार गर्दै समाजसेवामा होमिएकी उनको जस्तो त्याग गर्ने सायदै होलान्  । समाजसेवा गर्छु भन्नेहरुमध्येको बलियो खम्बा हुन् अनुराधा कोइराला । 

सन् २०१० मा सिएनएन हिरो अवार्डबाट सम्मानित कोइरालालाई रियल हिरोको विशेषणले पनि चिनिन्छ । महिला तथा बालबालिका निम्ति अहोरात्र खटिरहने उनी  कसैको दुख देख्नै नसक्ने बताउँछिन् । उनीहरुको उद्धार र सेवा गर्न पाउँदा सबैभन्दा खुसि हुन्छिन् । 

समाजसेवामा मात्र होइन उनको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ  । कर्म गर्दै जाऊ फलको आशा नराख भन्ने गीतामा कृष्णको उपेदशलाई सधैँ मनमा राखेर अगाडि बढ्ने अनुराधा काममै रमाउँछिन्  । बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म निरन्तर काममै व्यस्त हुन्छिन्  ।
आफ्नो एउटै लक्ष्य बालबालिका र चेलीबेटी बेचबिखनमुक्त देश बनाउने भएको उनी बताउँछिन् । 

पछिल्लो समयमा देशमा बलात्कार बढ्दै गइरहेको बेला  सम्बन्धित निकाय मौन रहेकोमा उनले असन्तुष्टि व्यक्त गरिन् ।  महिलाहरु आफन्तबाटै सुरक्षित नभएको भन्दै उनले पुरुषहरुलाई शिक्षा दिनुपर्ने आवश्यकता औंल्याइन् ।  

आजको कथा प्रेरणाको अंकमा उनै रियल हिरो अनुराधाको जीवनको भोगाई, संघर्ष अनि सफलताको कथालाई प्रस्तुत गरेका छौं ः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको