नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक बर्षको नाफा बाट प्रस्ताब गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका हो ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १३ प्रतिशत बोनश सेयर र ५.५ प्रतिशत नगद लाभांश गरि कुल १८.५ प्रतिशत लाभांश वितरकालागी प्रस्ताव गरेको छ ।
बैंकले लाभांश र साधारण सभा प्रयोजनार्थ भोली पुस २२ गतेकालागी बुकक्लोज गर्ने जनाएको छ । तसर्थ आज २१ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहाभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रस्तावित लाभांश बैकको माघ ८ गते हुने साधारण सभाले अनुमोदन गरेपछि आज सम्म कायम सेयरधनीहरुलाई वितरण गरिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस