पछिल्लो दिन सेयर बजार निकै संकुचनको अवस्थामा रहेको छ । स्थिर सरकार बनेपछि बजार जुन रुपमा चमक देखिने अपेक्षा गरिएको थियो पुँजी बजारले त्यसको उल्टो गति लिइरहेको छ । स्थिर त्यो पनि एकल पार्टीको करिब दुई तिहाइको सरकार बन्नु भन्दा पहिलोको भन्दा अहिले बजार निकै संकुचनको अवस्थामा रहेको छ ।
पुँजी बजार यो सरकार बन्नु भन्दा पहिले २९५० विन्दुको हाराहारीमा रहेको थियो । कारोबार पनि १४ अर्ब माथिको भइरहेको थियो । तर, सरकार बनेको दुई महिना पुग्नै लाग्दा भने नेप्से परिसूचक २७५८ विन्दुमा रहेको छ । कारोबार पनि अहिले ३/४ अर्बमा सिमित रहेको छ । शुक्रबारको कारोबार बन्द हुँदा सेयर बजारमा ४ अर्ब ४९ करोड माथिको कारोबार भएको थियो ।
अहिले पनि सेयर बजारका लगानीकर्ताहरुमा उत्साह देखिदैन । आम लगानीकर्ताहरु अहिले पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । संधै स्थिरता खोज्ने र स्थिर सरकार बन्दा बजार बढ्ने बताउँदै आएका लगानीकर्ताहरु अहिले भने सरकारले धरपकड गरेकाले बजारले गति लिन नसकेको बताइरहेका छन् । अहिलेको सरकारले मौखिक बाहेक कुनै पनि निर्णय नगर्दा बजारले सोचेजस्तो गति लिन नसकेको लगानीकर्ताहरुले बताएका छन् । सरकारले सल्लाह सुझाब मागेर मात्रै बसेको तर कार्यान्वयन तर्फ खासै ध्यान नदिएको लगानीकर्ताको भनाइ छ ।
अर्को तर्फ आगामी बजेटले फाइनान्सियल ट्याक्स र गैर आवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने विषयमा कस्तो नीति लिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताइरहेका छन् । अहिलेको अवस्थामा बाजारमा बजट अघि ठूलो चमक देखिने सम्भावना नरहेको उनीहरुको भनाइ छ । लगानीकर्ता सुशील कुमार महत्तो अहिलेको अवस्थामा एकीन गरेर भन्न सकिने अवस्था नरहेको भए पनि बजार बजेट पछि केही मात्रामा माथिल्लो विन्दुमा पुग्ने सम्भावना रहेको बताउँछन् । ‘यति अंकले बढ्छ भनेर ढोकुवा गर्न सकिने अवस्था छैन । तर, बजेट पछि बजार माथिल्लो विन्दुमा पुग्न सक्छ,’ उनले भने ।
नेपाल सेयर बजार लगानीकर्ता संघका कोषाध्यक्ष मछिन्द्र बस्नेत पनि बजार बजेट अघि अहिलेकै अवस्थामा रहे पनि त्यस पछिका दिनमा भने माथिल्लो विन्दुमा पुग्ने सम्भावना रहेको बताउँछन् । अहिले लगानीकर्ताहरु बजेट कस्तो आउँला भनेर फर्कर हेरको अवस्थामा रहेकाले बजार बजेट अघि पनि बढ्ने सम्भावना नदेखिएको नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलको भनाइ छ । बजेट कस्तो आउँछ त्यस पछि बजार कुन दिशामा जान्छ भन्ने कुराको एकिन गर्न सकिने उनले बताइन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस