Like us!
Follow us!
Connect us!
Watch us!

बजेटअघिको अन्तिम कारोबारमा बढेर बन्द भयो नेप्से,६ अर्ब ३ करोडको  कारोबार

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १५ : १३ मा प्रकाशित

बजेटअघिको अन्तिम कारोबारमा बढेर बन्द भयो नेप्से,६ अर्ब ३ करोडको  कारोबार

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुनुअघि अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९९ अकंले बढेर २७८२.१० बिन्दुमा बन्द भएको छ । आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३ करोडको  कारोबार भएको हो ।

आज ९ उपसूचकमा हरियाली आएको छ भने ४ उपसूचक घटेको छ । आज १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।  

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै कालित्तचोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।  आज सबैभन्दा धेरै सानिमा डिबेञ्चर २०८९ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६.६४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको