इसेवा मनि ट्रान्स्फर र ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै युएई, कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिनेछ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गर्नुभयो ।
युएई, कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस