Like us!
Follow us!
Connect us!
Watch us!

इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुवेतबाट पनि सुरू

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १५ : ५० मा प्रकाशित

इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुवेतबाट पनि सुरू

अर्थ संसार, काठमाडौं - इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ । 

यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्ने छ । 

त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका छन्  । 

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको