Like us!
Follow us!
Connect us!
Watch us!

बालबालिका, ज्येष्ठ नागरिक र रोगि घर बाहिर ननिस्किनुस् : वातावरण विभाग

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १६ : ४४ मा प्रकाशित

बालबालिका, ज्येष्ठ नागरिक र रोगि घर बाहिर ननिस्किनुस् : वातावरण विभाग

काठमांडौमा हिजो देखि वायु प्रदुषण बढेकाले घर बाहिर निस्किँदा विषेश सावधानी अपनाउन वातावरण विभागले आम नागरिकलाई आह्वान गरेको छ ।साथै विभागले बालबालिका  ज्येष्ठ नागरिक र रोगि घर बाहिर ननिस्किन भनेको हो । 

विभागले मंगलबार एक बिज्ञप्ति जारी गर्दै भनेको छ ‘उपत्यकामा बिहान र बेलुकाको समयमा प्रदुषण अत्याधिक बढेको पाइएको छ । यसबाट तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्दछ’ ।

विज्ञप्तिमा नेपालगन्ज,विराटनगर लगाएत क्षेत्रमा पनि वायु प्रदुषणको मात्रा उच्च पाइएकाले त्यस क्षेत्रका बासिन्दाले पनि बिषेश सतर्कता अपनाउन भनिएको छ ।

विभागले फोहोर र आगो नबाल्न पनि अनुरोध गरेको छ यसो गर्दा पनि बायु प्रदुषण बढ्ने भएकाले यस्तो नगर्न भनिएको हो । वायु प्रदुषण मौसममा पनि र्निभर हुने भएकाले अझै केहि दिन यस्तै रहना वा अझै खराव अवस्था पनि आउन सक्ने भएकाले विषेश सानधानी अपनाउन अनुरोध गरिएको हो ।

विभागले निकालेको बिज्ञप्ति: 

5ff4474d1c747.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको