Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजदेखि बिक्री खुल्ला, कति आवेदन दिने ?

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, ०७ : २३ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजदेखि बिक्री खुल्ला, कति आवेदन दिने ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज (माघ २ गते, शुक्रबार) देखि हालसम्मकै ठुलो साधारण सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी रु. २० अर्बको ४० प्रतिशतले हुन आउने रु ८ अर्ब रकम बराबरको प्रतिसेयर रु सय अंकित दरका ८ करोड कित्ता सेयर मध्ये ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि तथा ५ प्रतिशतले हुन् आउने ४० लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ  ।


बैंकको उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

कति दिने आवेदन ?  
लगानीकर्ताहरुले उक्त आइपिओ न्यूनतम १० कित्ता देखि बढीमा २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन्  । 

कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताहरुले उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक को ?
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।  ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।
कहाँ- कहाँबाट आवेदन दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको