Like us!
Follow us!
Connect us!
Watch us!

दुई बालकले जिते १ लाख पुरस्कारको नृत्य प्रतियोगिता, गायक पराजुलीको सुनय सार्बजनिक

आइतबार, १७ बैशाख २०७४, ११ : ०५ मा प्रकाशित

दुई बालकले जिते १ लाख पुरस्कारको नृत्य प्रतियोगिता, गायक पराजुलीको सुनय सार्बजनिक

दिनिता लामिछाने
काठमाडौं–गायक संजिब पराजुलीको चर्चित गीत ‘नाइँ मलाई थाहा छैन’ मा विश्वब्यापी रुपमा गरिएको नृत्य प्रतियोगिता दुई बालकले जितेका छन् ।  ती बालकले १ लाख रुपैयाँ पुरस्कार जितेका छन् । 

विश्वभरबाट उक्त गीतमा नृत्य गरेर भिडियो पठाउन आह्वान गरेको प्रतियोगितामा १० बर्षमुनिका दुई दाजुभाइ आयुष चौधरी र अभय चौधरीले उक्त पुरस्कार जितेका हुन् ।

बाबा कन्सलटेन्सीले प्रायोजन गरेको उक्त प्रतियोगितामा विजयीलाई संगितकारहरु शक्तिबल्लभ र राजु सिंहलगायतले नगद १ लाख हस्तान्तरण गरे ।

त्यस अबसरमा उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगिहरुलाई सम्मान गरिएको थियो । यसै प्रतियोगितामासहभागी प्रतियोगी नागी डान्स सेन्टर इटहरीको भिडीयोलाई विशेष सम्मान स्वरुप नगद २५ हजार रुपैयाँ  प्रदान गरिएको थियो ।

हालै सार्वजिनक भएको ‘नाई मलाई थाहा छैनु बोलको गीत’ गायक पराजुलीको सबैभन्दा रुचाइएको गीत हो । उक्त गीतमा गायीका टीका प्रसाईंले गायक पराजुलीलाई साथ दिएकी छन् ।

यसै अबसरमा गायक पराजुलीको एकल एल्बम ‘सुनय’ पनि सार्वजनिक भएको छ । पाँच वटा नेपाली आधुनिक गीतहरु समावेश गरिएको उक्त एल्बमलाई वरिष्ठ गायक तथा संगीतकार शक्ति वल्लभ र वरिष्ठ संगीतकार राजु सिंहले विमोचन गरे । 

गायक पराजुलीको एकल स्वरले सजिएको यस एल्बममा गीतकारहरु होमनाथ न्यौपाने, निष्प्रभ सजि र हर्कुलिस बस्नेतको शब्द रहेका छन् । संगीतकारहरु दिपक भट्टराई, हेमन्त राना र हर्कुलिस बस्नेतको संगीत यसमा सुन्न सकिन्छ । गायक पराजुलीलाई ‘प्रेम रंग’ बोलको गीतमा गायिका बानिका प्रधानले साथ दिएकी छन् ।

‘सुनय’ गायक पराजुलीको पहिलो एकल एल्बम हो । अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका पराजुली नेपाली श्रोताहरु माझ चर्चित छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको