Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नाफा ३७.३२ प्रतिशतले बढ्दा अधिकांश सूचक चम्किए

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ०८ : ३० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नाफा ३७.३२ प्रतिशतले बढ्दा अधिकांश सूचक चम्किए

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३७.३२ प्रतिशत बढी नाफा कमाउन सफल भएका छन् । बैंकले उक्त अवाधिमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३४.४६ प्रतिशले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ३६.६६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ३६ करोड ९० लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा रहेकाे छ । 

601226764d1e9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको