Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनमा 'सिल्भर अवार्ड'बाट सम्मानित

अर्थ संसार

विहीबार, १८ असार २०८३, १० : १६ मा प्रकाशित

गरिमा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनमा 'सिल्भर अवार्ड'बाट सम्मानित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन  (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर अवार्ड प्राप्त गरेको छ।

विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरे।

यस बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको