Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकको नाफा २०६ करोड,ईपीएस कति ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १० : ३६ मा प्रकाशित

एनआइसी एसिया बैंकको नाफा २०६ करोड,ईपीएस कति ?

एनआइसी एसिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक बर्षको दोस्रो त्रेमाससम्मा बैंकको वितरणयोग्य मुनाफा ८० करोड ८५ लाख हुदाँ खुद मुनाफा भने २ अर्ब ६ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा बैंकको मुनाफा २.१९ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो बर्ष यो अबधिसम्ममा बैंकको खुद मुनाफा २ अर्ब १ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि गत बर्षको तुलनामा बृद्धि भएको छ । यो शिर्षकमा बैंकले गत बर्ष ३ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष बैंकले यस शिर्षकमा ३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

यो बर्षको दोस्रो त्रैमाससम्ममा बैंकले सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो बर्ष यो अवधिसम्मा बैंकले यो शिर्षकमा २ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेकामा यो बर्ष त्यो बढेर ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । 

बैंकले यो अवधिमा २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ  गत बर्ष यो अवधिसम्ममा बैकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

गत वर्षको यही अवधि सम्मामा बैंकको रिजर्भमा ५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले त्यो रकम २४.२२ प्रतिशतले बढेर ६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

बैंको प्रतिसेयर आम्दानी ईपिएस ३५.७३ पुग्दा प्रतिसेयर नेटवर्थ १५७।७१ रुपैयाँ रहेको पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको