Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नाफा ४७.६९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ११ : १३ मा प्रकाशित

एनएमबि बैंकको नाफा ४७.६९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक गरिएको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४७.६९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे सोहि अवधिमा बैंकले १ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ८६ करोड ९४ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ७३ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४५.९६ प्रतिशतले बढी अर्थात् २ अर्ब २९ करोड ९३ लाख २१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । जबकी गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ५७ करोड ५२ लाख ६२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब १० करोड ९२ लाख रुपैयाँ रहेको छ । 

त्यसैगरी, बैंकको  प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60124d15636f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको