Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफामा दोहोरो अंकको गिरावट, वितरण योग्य मुनाफा कति ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ११ : २४ मा प्रकाशित

कृषि विकास बैंकको नाफामा दोहोरो अंकको गिरावट, वितरण योग्य मुनाफा कति ?

कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको मुनाफामा दोहो अंकको गिरावट आएको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा २६ करोड रुपैयाँ अर्थात १६.४४ प्रतिशत कम हो। अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५८ करोड १७ लाख नाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको ब्याज आम्दानी २९ करोड १५ लाख रुपैयाँले घटेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि २४ करोड ५१ लाख रुपैयाँले घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ।

समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ रहेको छ ।  जगेडा कोषमा १९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ३ अर्ब २४ करोड रुपैयाँ सञ्चित भएको छ ।

बैंकको नाफा दोहारो अंकले घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा  २५ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ९ पैसामा झरेको छ।

अन्तिम ६ महिनामा १ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको